कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्वालामुखीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस विजयी

सरिता श्रेष्ठ

धादिङ — धादिङको ज्वालामुखी गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरू विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार यमनाथ दनै विजयी भएका हुन् । उनले ८ हजार ३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिराम लोहनीले ५ हजार ४ सय ९९ मत प्राप्त गरे । 

ज्वालामुखीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस विजयी

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धर्मबहादुर अर्याल विजयी भएका छन् । उनले ६ हजार ४ सय ४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार चन्द्रकुमारी अधिकारीले ४ हजार ७ सय ७१ मत ल्याइन् ।

गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका कृष्ण गिरी, वडा नं ४ मा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेसबाट वडा नं २ मा राजु लोप्पा, वडा नं ३ मा उमेश श्रेष्ठ, वडा नं ५ मा टंकप्रसाद काप्री, वडा नं ६ मा किशोर सेढाई, वडा नं ७ मा ज्ञानेन्द्रप्रसाद खकुराल विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?