सिरहाको नवराजपुरको अध्यक्ष, उपाध्यक्ष दुवैमा जसपा विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहाको नवराजपुरको अध्यक्ष, उपाध्यक्ष दुवैमा जसपा विजयी

भरत जर्घा मगर

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीका शिवउदगार यादवले ४ हजार ५ सय ५४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी निर्वतमान अध्यक्ष कांग्रेसका विश्वमोहन यादवले २ हजार ५ सय २५ मत प्राप्त गरे । 

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टीकै पुनमकुमारी यादवले ४ हजार ३ सय १८ मत प्राप्त गरी विजयी भईन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शोभा कुमारी यादवले २ हजार ३ सय ८५ मत प्राप्त गरिन् ।

पाँच वटा वडा रहेको नवराजपुर गाउँपालिकामा वडा नम्बर १, २, ३ र ५ मा क्रमश: जनता समाजवादी पार्टीका नवीनकुमार यादव, सुरेशकुमार यादव, वंशीलाल यादव र जयप्रकाश यादव निर्वाचित भएका छन् । बाँकी ४ नम्बर वडामा कांग्रेसका जयप्रकाश यादव निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्

सिरहाको भगवानपुरमा एमालेको वर्चस्व

भरत जर्घा मगर

सिरहा — सिरहाको भगवानपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित चार वडाध्यक्षमा एमाले विजयी भएको छ । भगवानपुर गाउँपालिका अध्यक्षमा एमालेका उग्रनारायण यादव  विजयी भएका छन्।

उनले ४ हजार ३ सय २ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय भगवानपुरले जनाएको छ।

उनका निकटम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २ सय ३९ मत ल्याएका छन्। यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। एमालेका उग्रनारायण त्यतिबेला पराजित भएका थिए।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन्। उनले ३ हजार ९ सय ६० मत पाएकी हुन्। उनका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादवले ३ हजार २ सय १० मत प्राप्त गरिन ।

५ वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन्। वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए।

प्रकाशित : जेष्ठ २, २०७९ १५:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×