देवचुली नगरपालिकामा एमालेका न्यौपाने विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवचुली नगरपालिकामा एमालेका न्यौपाने विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — देबचुली नगरपालिकाको मेयरमा एमालेका हरिप्रसाद न्यौपाने विजयी भएका छन् । उनले १० हजार ८०८ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार अशोक बस्ताकोटीले ८ हजार ८६३ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी पार्वता तिवारी निर्वाचित भइन् । उनले १० हजार ९३२ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी सत्यनारायण भुसालले ६ हजार ६५४ मत ल्याए ।

प्रकाशित : जेष्ठ ३, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासी हुप्सेकोटमा कांग्रेस विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । त्यहा कांग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिएका छन् ।

हुप्सेकोटमा वडा नम्बर २ मा एमालेबाट वडा सदस्यका उम्मेदवार लिलाबहादुर ठाडा झिनो मतान्तरले विजयी भएका छन् ।

पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७ सय १४ मतान्तरले पराजित गरेकी हुन् । पाण्डेले ६ हजार ४ सय ५५ र रानाले ५ हजार ७ सय ४१ मत पाएका थिए । उपाध्यक्षमा कांग्रेसका पूर्णसिं रानाले ६ हजार ७ सय ५ र एमालेकी मनी पाण्डेले ५ हजार ७ सय ३८ ल्याएका थिए । फालमखानी रहेको यो गाउँपालिकामा विकट पहाडी क्षेत्रमा पर्छ र मगर समुदायको बाहुल्यता छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×