कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पाको सुनछहरीमा फेरि पनि माओवादीले जित्यो

एमाले, कांग्रेस र चन्द समूहको गठबन्धन पराजित
काशीराम डाँगी

रोल्पा — रोल्पाको सुनछहरी गाउँपालिकामा पुन: माओवादी केन्द्रले जितेको छ । गाउँपालिकाको अध्यक्षमा धनबहादुर पुनमगरले ३ हजार ४ सय ३९ मत प्राप्त गरेर विजयी भएका हुन् ।

रोल्पाको सुनछहरीमा फेरि पनि माओवादीले जित्यो

उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका चन्द समूहका नेता पुस्तमन घर्तीमगरलाई १ हजार ९ सय १४ मतान्तरले पराजित गरेका हुन् । एमाले, कांग्रेससहितको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्व जिल्ला सचिव घर्तीमगरले १ हजार ५ सय २३ मत पाएका हुन् ।

अध्यक्ष निर्वाचित पुन नेपाल मगर संघका नेता हुन् । अघिल्लो पटक जिल्ला समन्वय समिति रोल्पाका सदस्य निर्वाचित उनी स्वायत्त मगरात आन्दोलन र मगरात मुक्ति मोर्चालगायतका आन्दोलनमा सक्रिय पुराना माओवादी कार्यकर्ता हुन् । नेपाल मगर संघ लुम्बिनी प्रदेशको नेतृत्व गरिसकेका उनी हाल मगर संघका वरिष्ठ उपाध्यक्ष छन् । उनले प्रदेशको नाम मगरात राख्नुपर्नेमा वकालत गर्दै आएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्तीमगरले ३ हजार ४ सय ९२ मत ल्याएकी छन् । उपाध्यक्ष पदमा उनका प्रतिद्वन्द्वी कांग्रेसका कोबहादुर बुढामगरले १ हजार ६ सय ११ मत ल्याएका हुन् । तेस्रोमा मंगोल अर्गनाइजेसनका उम्मेदवार छन् । अघिल्लो पटक उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश: माओवादी केन्द्रकै आशबहादुर पुन रक्तिम र पवित्रा घर्तीमगरले जितेका थिए । एउटामा कांग्रेसले र ६ वटा वडामा माओवादी केन्द्रले जितेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?