कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङको शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी

दुर्गालाल केसी

दाङ — शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । २०७४ को निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष कांग्रेसले नै जितेको थियो । अध्यक्षमा प्रमोद बस्नेत १ हजार १ सय ९२ मतान्तरले विजयी भएका छन् ।

दाङको शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी

उनले ५ हजार ७ सय १६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बिष्णुबहादुर केसीले ४ हजार ५ सय २४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मोहनलाल वलीले २ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् । एमालेका केसी २०७४ को निर्वाचनमा पनि कांग्रेसका कमानसिंह डाँगीसँग अध्यक्षमा पराजित भएका थिए ।

उपाध्यक्षमा कांग्रेसकै प्रेमाकुमारी बुढाथोकी १ हजार ७ सय २२ मतान्तरले विजयी भएकी छिन् । उनले ५ हजार ७ सय ५० मत प्राप्त गरेकी छिन् भने निकटतम प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले ४ हजार २८ मत प्राप्त गरेकी छिन् । माओवादी केन्द्रकी राधिका परियारले ३ हजार ८३ मत प्राप्त गरेकी छिन् । परियार २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा पराजित भएकी थिइन् ।

कांग्रेसले तीन, एमालेले दुई, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक वडा जितेका छन् । कांग्रेसले ३, ५ र ७ नं. वडा, एमालेले ४ र ६ नं. वडा तथा माओवादी केन्द्रले १ नं. वडा जितेका छन् । वडा नं. २ मा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार २७ वर्षीय सुनिल वलीले जितेका छन् । शान्तिनगरमा २० हजार ८ सय ६३ मतदाता रहेकोमा १४ हजार ८ सय १ मत खसेको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?