कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेमा उम्मेदवार निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका अर्जुन गुरुङ र जुनामाया थापाले जित हासिल गरेका हुन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित

यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका अर्जुन पुनः ५ वर्षका लागि गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को स्थानीय चुनावमा एमाले-माओवादी केन्द्र मिलेर चुनाव लड्दा उनले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९ सय २ मतले पराजित गरेका थिए । यसपटक उनले गठबन्धनबाट कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई १ हजार ७ सय ६१ मतले पराजित गरेका छन् ।

जितमा अर्जुनले ६ हजार १ सय ३० मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथले ४ हजार ३ सय ६९ मत ल्याएको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए ।

उपाध्यक्षमा जुनमायाले सत्ता गठबन्धनका उम्मेदवारको भन्दा १ हजार ८ सय ८५ मत बढी ल्याएका छन् । उनले ५ हजार ८ सय ९५ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याएका छन् ।

वडातर्फ नेकपा एमालेका उम्मेदवारतर्फ वडा नं. १ मा रुद्रमान गुरुङ, वडा नं. २ मा चेतबहादुर गुरुङ, वडा नंं ३ मा दुतमान तामाङ, वडा नं. ७ मा तिलबहादुर गुरुङ र वडा नं. ८ मा धनसिंह तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट वडा नं. ४ मा बलबहादुर गुरुङ, वडा नं. ५ बाट घनश्याम घले, वडा नं. ६ बाट मीनराशी गुरुङ र वडा नं. ९ बाट हरिबहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?