कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

कृष्ण थापा

नुवाकोट — नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वीरबल तामाङ र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा अर्जुन न्यौपाने विजयी भएका छन् । किस्पाङमा एमाले र माओवादीबीचको तालमेलले नेपाली कांग्रेसलाई पराजित गराएको छ । 

नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

अध्यक्षमा वीरबल तामाङले ३ हजार ६३८ मत प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका छत्र लामाले ३ हजार ४ सय ५२ मत पाएर पराजित भएका थिए । अध्यक्ष तामाङले १ सय ८६ मतले लामालाई पराजित गराए ।

यसैगरी उपाध्यक्षमा न्यौपानेले ३ हजार ७ सय १२ मत ल्याई कांग्रेसकी दिलकुमारी मोक्तानलाई पराजित गराए । मोक्तानले ३ हजार १७७ मत ल्याएकी थिइन् । ५ सय ३५ को मतान्तरले उपाध्यक्षमा न्यौपाने विजयी भएका थिए ।

किस्पाङ गाउँपालिकाको १, ४ र ५ वडामा कांग्रेस, २ र ३ वडामा माओवादी केन्द्रले जितको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?