कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

गगनशिला खड्का

गुल्मी — गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन् ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

अध्यक्षमा माओवादी केन्द्रका ज्ञवालीले ५ हजार ८१७ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी गौतमले ५ हजार ४५१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६ सय ४६ मत पाएका छन् ।

गाउँपालिकामा रहेका ६ वटा वडाहरूमध्ये ५ नेकपा एमाले र एउटा वडामा माओवादी केन्द्रले जितेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?