कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलेफीमा माओवादीका तामाङ विजयी

अनिश तिवारी

काठमाडौँ — सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गंगाबहादुर तामाङ ४६६६ मतसहित निर्वाचित भएका छन् ।

बलेफीमा माओवादीका तामाङ विजयी

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार सुवास तिमिल्सनाले ४१०५ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा कांग्रेसबाट सरु लामा तामाङ ४३९४ मत ल्याएर विजयी भएकी छन् । यसपटक माओवादी केन्द्र–एकीकृत समाजवादीको गठबन्धनबाट अध्यक्षमा निर्वाचित भएका तामाङ ०७४ को स्थानीय निर्वाचनमा पनि सोही पदमा उम्मेदवार भएर पराजित बनेका थिए ।

बलेफी गाउँपालिकामा कुल जनसंख्या १६,४६५ छ भने कुल मतदाता संख्या १६,८९३ रहेको छ । जसमा ८,६५३ पुरुष र ८,२४० महिला रहेका छन् । यस गाउँपालिकामा ८ वटा वडा छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?