कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङको तुलसीपुर-१७ मा आज मतदान

दुर्गालाल केसी

काठमाडौँ — नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ मा अध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण स्थगित भएको मतदान मंगलबार बिहानदेखि सुरु भएको छ ।

दाङको तुलसीपुर-१७ मा आज मतदान

निर्वाचनमा वडाध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेका तर्फबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्याशी बनेका छन् ।

अहिलेसम्म १३ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीले बताए । उक्त वडामा जम्मा ६ हजार १ सय १७ मतदाता रहेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?