कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीको पाटनमा कांग्रेसका रावल विजयी

तृप्ति शाही

बैतडी — बैतडीको पाटन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गौरीसिंह रावल विजयी भएका छन् । रावलले निकटतम प्रतिस्पर्धी एमालेका नारायणसिंह भण्डारीलाई हराउँदै ६ हजार ८ सय ६९ मत ल्याए ।

बैतडीको पाटनमा कांग्रेसका रावल विजयी

एमालेका भण्डारीले भने ५ हजार २ सय ९० मत ल्याएका थिए । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार कमलसिंह बोहरा ५ हजार ७ सय ५१ मतसहित विजयी भए ।

उनको निकटतम प्रतिस्पर्धी एमालेकी हरु भट्टले ५ हजार ४ सय २७ मत ल्याइन् । पाटन नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।

पाटन नगरपालिका वडा नम्बर १ मा माओवादीका तर्कसिंह ठगुन्ना विजयी भएका छन् । यस्तै वडा नम्बर २ मा एमालेका महेशप्रसाद पन्तले जिते भने वडा नम्बर ३ मा एमालेका करुणाकर भट्ट विजयी भए ।

वडा नम्बर ४ मा एमालेका दिपकसिंह विष्टले जित हासिल गर्दा वडा नम्बर ५ मा कांग्रेसका फुनीसिंह बोहरा विजयी भए । यस्तै वडा नम्बर ६ मा कांग्रेसका राजेन्द्रसिंह विष्टले जितेका छन् ।

वडा नम्बर ७ मा एमालेका ललित बहादुर चन्द विजयी भएका छन् । वडा नम्बर ८ को अध्यक्षमा माओवादी केन्द्रका हरिश विष्ट विजयी भएका छन् । वडा नम्बर ९ मा पनि माओवादी केन्द्रका कालुसिंह भाटले जितेका छन् भने वडा नम्बर १० मा नेपाली कांग्रेसका धन बहादुर कुंवर अध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?