कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जुम्लाको सिंजा गाउँपालिकामा माओवादी विजयी

एलपी देवकोटा

काठमाडौँ — जुम्लाकाे सिंजा गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । धितालले एक हजार ९ सय ४९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धीकाे रूपमा नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार ८ सय ३१ मत ल्याएका छन् ।

जुम्लाको सिंजा गाउँपालिकामा माओवादी विजयी

त्यस्तै उपाध्यक्षमा पनि माओवादीका सितला राेकाया विजयी भएकी छन् । उनले एक हजार ९ सय ५६ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले एक हजार ६८ मत ल्याएकी छन् ।

यसअघि २०७४ काे स्थानीय तहकाे निर्वाचनमा सिंजा गाउँपालिकामा नेपाली कांग्रेसका देवलसिंह रावल विजयी भएका थिए भने नेमकिपाबाट प्रतिस्पर्धीकाे रूपमा पूर्णप्रसाद धिताल रहेका थिए । यसपटक भने धिताल माओवादीबाट विजयी भएका हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?