कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संखुवासभा पाँचखपन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

दिपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा कांग्रेसका विपीन राई विजयी भएका छन् भने उपप्रमुखमा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ विजयी भएकी छन् ।

संखुवासभा पाँचखपन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

प्रमुख राईले ४ हजार ७ सय ८८ मत ल्याए । उपप्रमुखमा श्रेष्ठले ३ हजार ८ सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनीहरू सत्ता गठबन्धनका उम्मेदवार थिए । प्रमुखका प्रतिस्पर्धी एमालेका हिन्दुकुमार राईले ३ हजार ४ सय ३७ मत ल्याए । उपप्रमुखमा एमालेका अनिता न्यौपानेले ३ हजार ४ सय ८७ मत प्राप्त गरिन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा यहाँ प्रमुखमा कांग्रेसका विपीन राईले जितेका थिए । उपप्रमुखमा एमालेले जितेको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?