कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछामको मेल्लेखमा एमाले-समाजवादीलाई पराजित गर्दै माओवादी-कांग्रेस गठबन्धन विजयी

मेनुका ढुंगाना

अछाम — अछामको मेल्लेख गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेल्लेख गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका हुन् ।

अछामको मेल्लेखमा एमाले-समाजवादीलाई पराजित गर्दै माओवादी-कांग्रेस गठबन्धन विजयी

ज्वालाले ५ हजार १ सय ४४ मत प्राप्त गरेर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर साउदले ४ हजार १ सय ८४ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा नृपबहादुर खड्काले ४ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी समाजवादीकी समिताकुमारी महरले ३ हजार ८ सय ६८ मत प्राप्त गरेकी छिन् । मेल्लेखमा एमाले-समाजवादी र कांग्रेस- माओवादीबीच गठबन्धन भएको थियो ।

८ वडा रहेको मेल्लेखमा ३ वटा वडा एमालेले, २ कांग्रेस, १ माओवादी, १ समाजवादी र १ स्वतन्त्रले जितेका छन् । वडा नम्बर १ मा माओवादीका दिलबहादुर धामी, वडा नम्बर २ मा एमालेका कुशलराज बुढा, वडा नम्बर ३ मा एमालेका नौले रावल, वडा नम्बर ४ मा स्वतन्त्र चन्द्रबहादुर साउद, वडा नम्बर ५ मा कांग्रेसका प्रकाश अधिकारी, वडा नम्बर ६ मा समाजवादीका तिलकबहादुर कडायत , वडा नम्बर ७ मा एमालेका प्रेम महर र वडा नम्बर ८ मा कांग्रेसका महेश ठकुल्लाले जितेका छन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?