कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिक्लाजुङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

देवनारायण साह

मोरङ — मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । मिक्लाजुङ गाउँपालिकाका निर्वाचन अधिकृत रामकृष्ण श्रेष्ठकाअनुसार मंगलबार बिहान सार्वजनिक मतपरिणामअनुसार राईले अध्यक्षमा ८ हजार २ सय ५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६ सय २६ मत ल्याएर निर्वाचित भएका हुन् ।

मिक्लाजुङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

एमालेका उम्मेदवार नरेन्द्र प्रसाद ढुङ्गेल अध्यक्षमा र उपाध्यक्षमा निर्मला राई पराजित भएका हुन् । ढुङ्गेलले ४ हजार ९ सय १६ र राईले ५ हजार ४ सय ५५ मत ल्याएर पराजय बेहोरेका छन् ।

उक्त गाउँपालिकामा अघिल्लो स्थानिय तहको निर्वाचनमा एमाललेका देवीप्रसाद आचार्यले अध्यक्षमा ५ हजार २ सय २९ र उपाध्यक्षमा सरला राईले ५ हजार ८३ मत ल्याएर जितेका थिए ।

९ वडा रहेको मिक्लाजुङमा काँग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २-२ वटा वडा जितेक छन्। मिक्लाजुङ्ग १ मा कांग्रेसका पर्वत राईले ९ सय २१ मत, वडा २ मा कांग्रेसका बलबहादुर श्रेष्ठले ६ सय ६ मत, वडा ३ मा एमालेका सन्तोष कुमार मगरले ८ सय ९८ मत, वडा ४ मा कांग्रेसका विशाल राईले ९ सय ८ मत, वडा ५ मा माओवादी केन्द्रका मेघनाथ तामाङ्गले ३ सय ८१ मत, वडा ६ मा कांग्रेसका खडीबहादुर मगरले १ हजार १ सय २२ मत, वडा ७ मा एमालेका सुशीलराज चौहानले ८ सय ७१ मत, ८ मा माओवादी केन्द्रका पूर्णबहादुर कुँवरले ८ सय मत र ९ मा कांग्रेसका सेमन्त राज दाहालले ६ सय ३४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?