कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाराको करैयामाईमा जसपा विजयी

काठमाडौँ — स्थानीय तह निर्वाचनमा बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टी विजयी भएको छ । यस गाउँपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार शम्भुप्रसाद यादव विजयी भएका हुन् । यादवले ५,५९८ मत ल्याई विजयी भएका छन् ।

बाराको करैयामाईमा जसपा विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भुनेश्‍वर धामीलाई २,१९८ मतान्तरले पराजित गरेका हुन् । पराजित भुनेश्‍वर धामीले ३,४०० मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा ५ हजार ४३९ मतसहित सुनैनाकुमारी चौधरी विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखाकुमारी चौधरीले ३ हजार १ सय७२ मत ल्याएकी छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ ०३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?