कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटाको पाख्रिबास प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ विजयी भएका छन् । उनले ५ हजार ४९८ मत प्राप्त गरी जितेका हुन् । गुरुङले एमालेका उम्मेदवार भीमबहादुर राईलाई पराजित गरेका छन् । राईले ५ हजार ०५३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

धनकुटाको पाख्रिबास प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार नम्रता देउजा विजयी भएकी छन् । उनले ५ हजार ६२ मत प्राप्त गरी विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत प्राप्त गरे । २, ३, ७, ९ र १० नं वडाध्यक्ष एमालेका उम्मेदवार विजयी भएका छन् । १, ४, ५, ६ र ८ वडा गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

पाख्रिबास नगरपालिकामा यसअघि प्रमुख, उपप्रमुखसहित सबै १० वटै वडामा एमालेले 'क्लिन स्वीप' गरेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?