सिन्धुलीको घ्याङलेखको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिकामा नेपाली कांग्रेसका जगत भोलन अध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनबाट निर्वाचित भोलनले प्रतिस्पर्धीलाई करिब ८ सय मतान्तरले पराजित गरेका छन् ।

अध्यक्षमा निर्वाचित भोलनले २१०२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका चतुरमान लोले १३८३ मत मात्रै ल्याए । कांग्रसकै बागी गणेशबहादुर पुलामीले ११९४ मत पाए । भोलन यसअघिका अध्यक्षसमेत हुन् । नेपाली कांग्रेसका सिन्धुली पार्टी उपसभापतिसमेत रहेका भोलन साविक अमले गाविस अध्यक्ष र पञ्चायतकालमा प्रधानपञ्चसमेत भएका थिए ।

उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका शंकरमान घलान भारी मतका साथ निर्वाचित भएका छन् । दोब्बर मतअन्तरमा एमालेका प्रमिला वाइवालाइ पराजित गरेका घलानले २९८३ मत प्राप्त गरेका छन् । एमालेकी वाइवाले १५२८ मत प्राप्त गरेकी थिइन् । ५ वडा रहेको घ्याङलेखमा वडा नं. १,२,४ र ५ मा माओवादी केन्द्रको प्यानल र वडा नं. ३ मा एमालेल जित हासिल गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकाेटको तादीमा कांग्रेसका तामाङ र माओवादीकी प्याकुरेल निर्वाचित

कान्तिपुर संवाददाता

नुवाकोट — तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । उनी यसअघि जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख थिए । उनले ३ हजार २ सय ४१ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका किरणकुमार रिजालले २ हजार ५१८ मत ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रकी सन्जु प्याकुरेल श्रेष्ठले ३ हजार ३ सय ९७ मत ल्याई विजयी भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले २ हजार ७७८ मत ल्याई श्रेष्ठसँग पराजित भइन् । उप्रेती यसअघि पनि उपाध्यक्ष थिइन् ।


प्रकाशित : जेष्ठ २, २०७९ २०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×