१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एस विजयी

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदावर केप्छाकी मगर ०७४ सालमा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । 

उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एस विजयी

मगर अध्यक्षमा निर्वाचित भएसँगै गठबन्धनबाटै कांग्रेसका जितबहादुर खडकाले जित निकालेका छन् । अध्यक्ष केप्छाकी मगरले ४ हजार ९ सय ४२ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमलेका गोपाल खत्रीले ४ हजार १ सय १४ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसका खड्काले ४ हजार ६ सय ४८ मत ल्याई विजय हासिल गरे । खड्काकी प्रतिद्वन्द्वी एमालेकी शोभाकुमारी मगरले ३ हजार ८ सय ६३ मत ल्याई पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले निर्वाचित केप्छाकी मगरले २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसका जितबहादुर खड्कालाई १ हजार ४ सय ४४ मतान्तरले हराएका थिए । मगरले ४ हजार ४ सय २५ मत ल्याउँदा कांग्रेसका खड्काले २ हजार ९ सय ८१ मत ल्याएर हारेका थिए । उनै खड्का अहिले उपाध्यक्षमा निर्वाचित भएका हुन् । ८ वटा वडा रहेको उदयपुरगढीमा २० हजार २ सय ५२ मतदाता रहेका छन ।

प्रकाशित : जेष्ठ २, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?