कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी 

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको गोकुलगंगा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) विजयी भएका छन् । खड्काले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई पराजित गरेका हुन् ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी 

निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार खड्काले ६ हजार ९३ मत प्राप्त गरी अध्यक्षमा विजयी हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी सुनुवारले ४ हजार ७ सय १० मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै उषादेवी कार्की विजयी भएकी छिन् । कार्की ५ हजार २ सय ५३ मत पाएर विजयी भएकी हुन् । कार्कीकी प्रतिस्पर्धी एमालेकी राधिका नेवार श्रेष्ठले ४ हजार ६ सय ८६ मत पाएकी थिइन् ।

गोकुलगंगा एमालेको आधार इलाकाको रुपमा रहेको थियो । यसअघिको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी सुनुवार र नेवारलाई एमालेले यो पटक पनि उम्मेदवार बनाएको थियो । हालका विजयी खड्का नेपाल तरुण दल रामेछापका अध्यक्ष हुन् । खड्का राजनीतिक परिवार सदस्य हुन् । उनका बाबु स्व. पूर्णबहादुर खड्का २०४९ सालमा नामाडीको गाविस अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए भने दाजु दीपक खड्का कांग्रेसको जिल्ला सचिव हुन् । १३ जना दाजुभाइमध्ये सबैभन्दा कान्छा काजीबहादुर खड्का युवा माझ लोकप्रिय छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?