कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

मतपत्र च्यातेपछि ओखलढुंगाको चिशंखुगढीमा मतगणना रोकियो

कुम्भराज राई

ओखलढुंगा — चिशंखुगढी गाउँपालिका–३ को मतगणना रोकिएको छ । वडाको मतगणना गर्दा नेपाली काँग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेद्वारको मत बराबर भएपछि पुनः गणना गरिएको थियो । पुनः मत गणना गर्ने क्रममा करिब ३ सय मत गनिसकेपछि काँग्रेसका प्रतिनिधिले बदर भनेर राखिएको दुई थान मतपत्र तानेर च्यातेका हुन् ।

मतपत्र च्यातेपछि ओखलढुंगाको चिशंखुगढीमा मतगणना रोकियो

मतपत्र च्यातिसकेपछि हाल मतगणना स्थगित भएको छ । प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार कााग्रेसका जिल्ला सचिव समेत रहेका राजकुमार ढुंगाना सहित तीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कारबाही गर्ने नगर्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयको आदेश बमोजिम हुने प्रहरीले जनाएको छ ।

चिशंखुगढी गाउँपालिकाकी निर्वाचन अधिकृत कमला काफ्लेले कााग्रेसको प्रतिनिधिले मतगणनाको क्रममा बदर भनेर राखिएको दुई थान मतपत्र तारजाली बाहिरबाट हात हालेर तानेर च्यातेको बताइन् ।

‘हिजो नै सकिएको मतगणना पछि मत बराबर हुँदा हामीले बराबर मत घोषणा गर्न खोजेका थियाौ ,’ काफ्लेले भनिन्, ‘तर दुवै पक्षले पुनः मतगणना गर्ने अनुरोध गरेपछि हामीले निर्देशिका बमोजिम सहमति गराई गणना शुरु गरेका थियाौ । वातावरण सौहार्द थियो । बदर मतपत्र देखाएर हामीले छुट्याएर राखेको थियाौ । तर कााग्रेसका एकजना प्रतिनिधिले आक्रोशित भई एक्कासी सो मतपत्र तानेर च्यातिदिए ।’

ती सबै दृश्य सिसि क्यामेरामा कैद भएको र त्यसपछि अन्य मतपत्रहरु जस्ताको तस्तै राखेर स्थगित गरिएको निर्वाचन अधिकृत कमला काफ्लेले बताइन् । उनले अब सर्वदलीय बैठक राखेर कसरी बााकी मतगणना गर्ने भन्ने विषयमा छलफल गर्न लागेको जानकारी दिइन् ।

चिशंखुगढी गाउँपालिकामा माओवादी र कााग्रेसकै गठबन्धनमा प्रमूख र उपप्रमूखको उम्मेद्वार विजयी भईसकेका छन् । वडा नं. ३ मा भने गठबन्धन हुन नसक्दा कााग्रेस माओवादीको छुट्टाछुट्टै वडाअध्यक्षको उम्मेद्वार प्रतिस्पर्धामा थिए ।

वडामा जम्मा १ हजार ७६ मत खसेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×