कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जाको भीरकोट नगरपालिकामा कांग्रेसका गोविन्द कर्माचार्य विजयी

प्रतीक्षा काफ्ले

स्याङ्जा — प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै यहाँको भीरकोट नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य विजयी भएका छन् ।

स्याङ्जाको भीरकोट नगरपालिकामा कांग्रेसका गोविन्द कर्माचार्य विजयी

कर्माचार्यले ६ हजार ५ सय ४ मत प्राप्त गरेका छन् भने, अर्यालले ५ हजार ६ सय ६९ मत प्राप्त गरे । यस्तै, उपमेयर पदमा काँग्रेसकै भगवती रेग्मी अर्याल विजयी भएकी छन् ।

प्रतिद्वन्द्वी एमालेकी सरस्वती अधिकारीलाई २ हजार २ सय ६९ मतले पराजित गर्दै अर्याल विजयी भएकी हुन् । उनले ७ हजार १ सय ९७ मत ल्याएकी छन् भने अधिकारीले ४ हजार ९ सय २८ मत ल्याएकी छन् । यस्तै, भीरकोट नगरपालिकाका ९ वटा वडामध्ये एउटामा एमाले र बाँकी ८ वटामा कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृत ऋषिराम आचार्यका अनुसार भीरकोटमा १ नम्बर वडामा कांग्रेसका दीपेन्द्र केसी, २ मा कांग्रेसकै श्यामकाजी अधिकारी, ३ मा कांग्रेसका केशरबहादुर खड्का, ४ मा कांग्रेसका रत्नप्रसाद श्रेष्ठ, ५ मा कांग्रेसकै कृष्णबहादुर थापा, ६ मा एमालेका लक्ष्मण खत्री, ७ मा कांग्रेसका तारा अर्याल, ८ मा कांग्रेसका नन्दलाल खनाल र ९ मा कांग्रेसकै भीमबहादुर गुरुङ निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?