कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

शहीद लखन गाउँपालिकामा माओवादी विजयी

हरिराम उप्रेती

गोरखा — शहीद लखन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रमेश थापा र र उपाध्यक्षमा माओवादी केन्द्रकी इन्दिरा तिवारी विजयी भएका छन् । दुवै जना दोस्रो कार्यकालका लागि विजयी बनेका हुन् । थापाले ५ हजार चार सय ७४  मत ल्याएर विजयी बने । 

शहीद लखन गाउँपालिकामा माओवादी विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण लामिछानेले ४ हजार ४ सय ३२ मत ल्याए । त्यस्तै उपाध्यक्षमा विजयी बनेकी माओवादी केन्द्रकी तिवारीले ४ हजार ९ सय ९६ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४ सय ३२ मत मत ल्याएकी छिन्

९ वडा रहेको शहिद लखन गाउँपालिकामा एक वडामा एमाले, चार/चार वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस र माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ३, ६, ७ र ८ नम्बर वडामा कांग्रेस र वडा नम्वर २, ४, ५ र ९ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×