कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँको भानु-१३ मा स्वतन्त्र उम्मेदवार अध्यक्षमा निर्वाचित

सम्झना रसाइली

तनहुँ — तनहुँको भानु नगरपालिका १३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५ सय २१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर बानियाँले ४६५ मत ल्याएका छन् ।

तनहुँको भानु-१३ मा स्वतन्त्र उम्मेदवार अध्यक्षमा निर्वाचित

कांग्रेसको वडा समिति सदस्य रहेका अधिकारीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यस्तै, वडा सदस्यमा नेपाली कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । खुला सदस्यमा चन्द्रविवश गुरुङ र भीमसेन अधिकारी, महिला सदस्यमा सकिना खातुन र दलित महिला सदस्यमा शान्ता मौराती निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?