कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिम्बूवानले वडाध्यक्षमा खाता खोल्यो

आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको सिदिङ्वा गाउँपालिका ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का पूर्णकुमार ताम्लिङ विजयी भएका छन ।

लिम्बूवानले वडाध्यक्षमा खाता खोल्यो

दाप सहितको खुकुरी चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका उनले ५८ मत बढी ल्याएर विजय हासिल गरेका हुन् ।

उनले ३ सय ७२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्‌वार मनकुमार लिङदेनले ३ सय १४ मत ल्याएका थिए । अन्य ४ जना सदस्यले गुलाब चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका विजयी बने ।

अमृता लिम्बू, कमला लकान्द्री, भुवानी बुढाथोकी र रणबहादुर बिष्ट स्वतन्त्रबाट वडासदस्यमा निर्वाचित भएका छन । २०७४ मा यहाँ एमालेले जितेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?