दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमाले विजयी
दार्चुला — दार्चुलाकाे शैल्यशिखर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका विजयसिंह धामी ४ हजार ५ सय ४४ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ९ सय ८ मत प्राप्त गरेका हुन् ।
त्यस्तै उपमेयरमा पनि एमालेकै शान्ति खडायत विजयी भएकी छन् । उनले ४ हजार ६ सय ३५ मत ल्याउँदै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी राजमती बमले ३ हजार ८ सय ५० मत प्राप्त गरिन् ।
२०७४ काे चुनावमा निर्वाचित प्रमुख अमर र उपप्रमुख राजमतिलाई हराउँदै एमालेका मेयर र उपमेयर जित्न सफल भएका छन् । नगरपालिका ९ वडामध्ये वडा नम्बर ६ बाहेक सबै वडामा एमाले विजयी भएको छ ।
प्रकाशित : जेष्ठ २, २०७९ १४:२४प्रतिक्रिया