कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१ मत अन्तरले एमालेका अर्याल वडाध्यक्षमा विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् । निकटम प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक मतान्तरले पराजित गरेका हुन् ।

१ मत अन्तरले एमालेका अर्याल वडाध्यक्षमा विजयी

प्राप्त अन्तिम मतपरिणाम अनुसार अर्यालले ८ सय ४९ मत ल्याएर विजयी भए भने पुनले ८ सय ४८ मत ल्याए । सुरुदेखि नै निरन्तर मत बराबर भएपछि पटक पटक पुन: मतगणना गर्दा पछिल्लो मत परिणाममा अर्यालको एक मत बढी आएपछि निर्वाचित भएको घोषणा गरिएको मालारानी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रमेश पन्थीले बताए । अर्याल दोस्रो पटक अध्यक्षमा विजयी भएका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेकपा विभाजन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) हुँदा नेता टोपबहादुर रायमाझी केपी ओलीतिर लागेपछि अर्याल पनि एमालेमा समायोजन भएका थिए । उनै अर्याललाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।


प्रकाशित : जेष्ठ २, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?