गोरखा नगरपालिका–६ मा स्वतन्त्र उमेदवार विजयी

गोरखा — गोरखा नगरपालिका–६ को वडा अध्यक्षमा स्वतन्त्र उमेदवार राजेन्द्रकुमार जोशी (दिलिप) विजयी भएका छन् । ६ सय ८ मत ल्याएर जोशी विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस वडा अध्यक्षका उमेदवार आनन्द गुरुङले ५ सय ६ मत प्राप्त गरे ।

वडाका चार सदस्यमा भने कांग्रेस उमेदवार विजयी वनेका छन् । गोरखा नगरपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा नम्बर ६ मा २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो । गोरखा नगरपालिकाको १ देखि ७ नम्बर वडाको मतगणना सकिएको छ ।
१४ वडामध्ये वडा नम्बर ८ को गणना जारी छ ।