कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीको छत्रकोटमा एमालेका पाण्डेय विजयी 

गगनशिला खड्का

गुल्मी — गुल्मीको छत्रकोट गाउँपालिका नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । कांग्रेस–जनमोर्चा गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय ६ सय ३८ मतान्तर र उपाध्यक्षमा सावित्रा ज्ञवाली १ हजार ३ सय ४८ मतान्तरले विजयी भएकी हुन् । 

गुल्मीको छत्रकोटमा एमालेका पाण्डेय विजयी 

पाण्डेले ६ हजार ५ सय ८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९ सय ४८ मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा ज्ञवालीे ६ हजार ४ सय ७२ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका गुमानसिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याएका थिए ।


प्रकाशित : जेष्ठ २, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?