गुल्मीको छत्रकोटमा एमालेका पाण्डेय विजयी - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

गुल्मीको छत्रकोटमा एमालेका पाण्डेय विजयी 

गगनशिला खड्का

गुल्मी — गुल्मीको छत्रकोट गाउँपालिका नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । कांग्रेस–जनमोर्चा गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय ६ सय ३८ मतान्तर र उपाध्यक्षमा सावित्रा ज्ञवाली १ हजार ३ सय ४८ मतान्तरले विजयी भएकी हुन् । 

पाण्डेले ६ हजार ५ सय ८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९ सय ४८ मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा ज्ञवालीे ६ हजार ४ सय ७२ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका गुमानसिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याएका थिए ।


प्रकाशित : जेष्ठ २, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्

सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

हरिराम उप्रेती

गोरखा — बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णु भट्ट र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सनमाया गुरुङ विजयी बनेकी छिन् । 

भट्ट र गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्ष र उपाध्यक्षमा निर्वाचित बनेका हुन् । भट्टले पाँच हजार सात सय १९ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसबाट अध्यक्षका उमेदवार जित बहादुर घलेले चार हजार आठ सय ६४ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा गुरुङले पाँच हजार ७ सय ६५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी लेख माया राना चार हजार पाँच सय ७५ मत ल्याएर पराजित बनिन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×