कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२२ वर्षीय राई वडाध्यक्षमा निर्वाचित

विप्लव भट्टराई

इलाम — इलामको चुलाचुली गाउँपालिका ५ मा २२ वर्षीय बविन राई नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष जितेका छन् । स्नातक गरेका  उनी १५ महिनायता पार्टीमा सक्रिय बनेका हुन्।

२२ वर्षीय राई वडाध्यक्षमा निर्वाचित

‘युगको माग अनुसार युवाहरुले समाजको नेतृत्व गर्न सक्छु भन्ने लागेर राजनीतिमा लागेको हुँ,’ निर्वाचित बनेपछि राईले भने, ‘वडा कार्य समिति, क्षेत्रीय प्रतिनिधि र सात वटा टोल विकासबाट सर्वसम्मत रुपमा मेरो नाम सिफारिस भएको थियो।’

सूचना प्रविधिको युगमा युवाहरुको भावना समेट्दै जन अपेक्षा अनुसार काम गर्ने उनको प्रतिबद्धता छ । इलाम जिल्लाको सबैभन्दा कम उमेरका विजयी वडा अध्यक्ष राईले एमालेका पूर्व वडाध्यक्ष चन्द्रकुमार थापालाई ४० मत अन्तरले पराजित गरेका हुन् ।

एमालेका तर्फबाट २०५४ सालदेखि निरन्तर चुलाचुली ५ को वडाध्यक्ष थापाले यसपटक ६ सय ६४ मत प्राप्त गरेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?