कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार

अर्जुन शाह

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा आइतबार राति म्यादी प्रहरी बुढी गंगा ४ का २० वर्षीय पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ ।

बाजुरामा म्यादी प्रहरीमाथि खुकुरी प्रहार

उनको टाउकोमा चोट लागेको छ । कटुवालसँगै म्यादी प्रहरीहरु हर्क सुनार र सुनिल थापापनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा बडिमालिका नगरपालिका २ का नरेन्द्र नाथ र लोकन्द्र कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गिन्द्र बोगटीका अनुसार खुकुरीसमेत बरामद गरिएको छ । मार्तडीमा आइतबार राति एमाले र कांग्रेस कार्याकर्ताहरुको झडप तथा ढुंगा हानाहान भएको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?