कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँगुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् ।

साँगुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी

उनले ५ हजार ३ सय ९९ मत प्राप्त गर्दै जीत हात पारेका हुन् । राईले नेकपा एमालेका उम्मेदवार कुमारजंग याखालाई ५ सय ७१ मतान्तरमा पराजित गरेका हुन् । याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा एमालेकी उम्मेदवार मुना राई विजयी भएकी छन् । उनले ४ हजार ६ सय ५० मत प्राप्त गरिन् । निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार लिलाराज लावतीले ४ हजार १ सय ३६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?