३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

पूर्वी नवलपरासीको बुलिङटारमा एमालेका सुनारी निर्वाचित  

नारायण शर्मा

पूर्वी नवलपरासी — जिल्लाको पहाडी बुलिङटार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र सुनारी मगर निर्वाचित भएका छन् । उनी ४ हजार ५९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशिकिरण वस्ताकोटीले ३ हजार ९ सय मत ल्याएका छन् । वास्ताकोटीले यसअघिको निर्वाचनमा एमालेकै उम्मेदवार विद्रोही गिरीलाई २२ सय मतान्तरले पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा ३२ सै सिटमा कांग्रेस विजयी भएको थियो । 

पूर्वी नवलपरासीको बुलिङटारमा एमालेका सुनारी निर्वाचित  

नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष सुनारी मगर पेसाले इन्जिनियर हुन् ।

बुलिङटारको उपाध्यक्षमा भने कांग्रेसकी दिलमाया रानाले ४ हजार ५ सय १५ मतसहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी भूमिका खण्डलुकले ३ हजार ५ सय १५ मत ल्याएकी छन् । बुलिङटार पूर्वी नवलपरासीमा कांग्रेसको सबैभन्दा बलियो गाउँपालिका मानिन्थ्यो ।

प्रकाशित : जेष्ठ १, २०७९ २३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?