कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भरतपुरमा मतपत्रको संकेतबारे विवाद, मतगणना रोकियो

रमेशकुमार पौडेल

चितवन — मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि भरतपुर महानगरपालिकाको मत गणना स्थगित भएको छ । मत चिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएका कारण बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।

भरतपुरमा मतपत्रको संकेतबारे विवाद, मतगणना रोकियो

विवादका कारण गणना स्थलभित्र होहल्ला छ । गणना स्थलबाट बाहिर आएका एमालेका प्रतिनिधि अस्विन घिमिरेले त्यस्तो मत सदर गर्नु पर्ने आफुहरको माग रहेको बताए । भरतपुरमा वडा नम्बर १ को गणना सकिएर २ को गणना भइरहेको छ ।

पछिल्लो परिणामअनुसार यहाँ नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?