कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

कैलालीका चार स्थानीय तहमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको अग्रता

यस्तो छ १३ वटै स्थानीय तहको पछिल्लो अपडेट
मोहन बुढाएर

धनगढी — कैलालीका १३ वटा स्थानीय तहमध्ये चार वटामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । टिकापुर घटनामा दोषी ठहर भई हाल जेलमा रहेका रेशम चोधरीको निर्देशनमा स्थापित नागरिक उन्मुक्ति पार्टीले टिकापुरसहित आसपासका चार स्थानीय तहमा सुरुवाती अग्रता लिएको हो । 

कैलालीका चार स्थानीय तहमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको अग्रता

टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा करिब दोब्बर मतले अगाडि छन् । पछिल्लो परिणामअनुसार उनले १ हजार ७ सय ४५ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावलले ९८३ मतसहित पछ्याइरहेका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार श्याम खत्रीले ७८५ मत पाएका छन् ।

त्यस्तै, भजनी नगरपालिकामा उन्मुक्ति पार्टीकै केवल चौधरीको अग्रता छ । उनले ८ सय १२ मत पाएर अग्रस्थानमा छन् । यहाँ एमालेका हर्कबहादुर बुढाले ८०१ मतसहित पछ्याइरहेका छन् ।

जोशीपुर र जानकी गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता सुरुवाती अग्रता छ । जोशीपुरमा नागरिक उन्मुक्ति पार्टीका चित्र बहादुर चौधरीले ६ सय ८६ मतमा अग्रता लिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भीम बहादुर बमले ६ सय ४४ मतसहित पछ्याइरहेका छन् । नेपाली काग्रेसका वन्शराम वडायकले ४४४ मत पाएका छन् ।

गठवन्धनबाट काग्रेसले प्राप्त गरेका सात स्थानीय तहमध्ये दुई वटामा कांग्रेसको अग्रता छ । गठवन्धनको आधिकारिक उम्मेदवार नभएर पनि कांग्रेसको टिकट पाएका रामसमज चौधरीले कैलारी गाउँपालिकामा अग्रता लिएका छन् । सहमती ढिलो बन्दा रामसमजले कांग्रेसबाट टिकट पाएका थिए ।

गठवन्धनमा उम्मेदवारी फिर्ता लिने समय सिमा सकिएपछि सहमति बन्दा कैलारी गाउँपालिकामा माओवादीका उम्मेदवारलाई अधिकारिक घोषणा गरिएको थियो । तर, प्रारम्भिक मत गणनामा चौधरीले १ हजार २ सय ५४ मत ल्याएका छन् भने राप्रपाका होमबहादुर गुरुङले १ हजार १ सय १५ मत पाएका छन् । यहाँ गठवन्धनका माओवादी उम्मेदवार लाजुराम चौधरी ८२६ मतसहित तेस्रो स्थानमा छन् ।

काग्रेसले लम्कीचुहा र गोदावरी नगरपालिकामा पनि फराकिलो मतान्तरले अग्रता लिएको छ । लम्कीचुहामा कांग्रेसका सुशिला शाहीले ७ सय २१ र एमालेका महादेव बजगाईले ५ सय २० मत ल्याएका छन् । गोदावरीमा काग्रेसका बिरेन्द्र भट्टले २ हजार १ सय ४० मत ल्याएका छन् । एमालेका गोकर्ण भट्टले १ हजार ५ सय मत ल्याएका छन् ।

जानकीमा पनि काग्रेसले अग्रता लिएको छ । जानकीमा कांग्रेसका उम्मेदवार परशुराम महतोले ३ सय ५६ मत लिएर अग्रता लिएका छन् भने नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरीले २ सय ८६ मत ल्याएका छन् ।

एमाले बर्दगोरियामा अगाडि छ । बर्दगोरियामा कर्ण बहादुर कुँवरले १ हजार ३ सय २० र कागेसका भजनलाल कठरियाले ५ सय ५० मत ल्याएका छन् ।

माओवादीले गौरीगंगामा अग्रता लिएको छ । गौरीगंगामा गठबन्धनका माओवादी उम्मेदवार देवीदत्त कँडेलले ५ सय १५ मत ल्याएका छन् । एमालेका पदम सिंगालले ३ सय २३ मत ल्याएका छन् ।

समाजवादीले घोडाघोडी र चुरे गाउँपालिकामा अग्रता लिएका छन् । घोडाघोडीमा खडक रावतले १ हजार ७ सय २ र एमालेका ममता चौधरीले १ हजार २ सय ५ मत लिएका छन् । चुरेमा समाजवादीका लाल बहादुरसारुले १ हजार ३ सय ५६ र एमालेका चक्र बहादुर बोगटीले १ हजार १ सय १७ मत लिएका छन् ।

सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तरमा अग्रता लिएका छन। हमालले १ हजार ४ सय ७२ मत पाउँदा कांग्रेसका नृपबहादुर वडले ८ सय ६३ मत ल्याएका छन् । एमालेका रणबहादुर चन्दले १ सय ५४ मत ल्याएका छन् ।


प्रकाशित : जेष्ठ १, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?