बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

वसन्तप्रताप सिंह

बझाङ — बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका रोकाया विजयी

रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।

यस्तै, वडा नम्बर १मा माओवादीका रवीन्द्र जोशी, २मा एमालेका रवीन्द्र खाती, ३ मा माओवादीका प्रकाश भण्डारी, ४ मा कांग्रेसका रामचन्द्र जोशी, ५ मा कांग्रेसका नरबहादुर खाती, ६ मा नेकपा एसका अनिलकुमार विष्ट विजयी भए ।

यस्तै, वडा नम्बर ७मा एमालेका किस्‍ने सार्की र ८ मा एमालेका कविराज जोशी निर्वाचित भए ।

प्रकाशित : जेष्ठ १, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?