कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राकाथुममा स्थगित मतदान सोमबार हुने

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवि गाउँपालिका वडा नम्बर १ राकाथुममा स्थगित भएको मतदान प्रक्रिया सोमबार पुन: सुरु हुने भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगले तोके बमोजिम उक्त वडामा सोमबार फेरि मतदान हुन लागेको हो ।

राकाथुममा स्थगित मतदान सोमबार हुने

वैशाख ३० गते मतदानको क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा उक्त मतदान केन्द्रको मतदान स्थगित भएको थियो । तनाबग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले उक्त केन्द्रमा ७ राउण्ड हवाई फायरसमेत गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालयले राकाथुममा पुन: मतदान गराउनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?