गोकुलगंगा २ को अध्यक्षमा कांग्रेसका कार्की विजयी


रामेछाप — गोकुलगंगा गाउँपालिका वडा नम्बर २ ठोसेमा नेपाली कांग्रेसका वडा अध्यक्ष सहित प्यानल विजयी भएका छन् । एमालेलाई पराजित गरी कांग्रेसका सुन्दर कार्कीले निर्वाचित भएका हुन् ।



कार्की यस २०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त वडामा एमालेसँग पराजित भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले ८ सय ७० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत प्राप्त गरे ।