कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको गढमा राप्रपाको प्यानल नै विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाली कांग्रेसको गढ मानिने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा राप्रपाको प्यानल विजयी भएको छ । राप्रपाका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार उमेश कार्कीको प्यानल नै निर्वाचित भएको हो ।

कांग्रेसको गढमा राप्रपाको प्यानल नै विजयी

कार्कीले ९ सय ७० मतल ल्याएर निर्वाचित हुँदा कांग्रेसका गोपाल क्षेत्रीले ६ सय ५ मत ल्याएका हुन् । त्यहाँ यसअघिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलनै निर्वाचित भएको थियो ।

राप्रापाले जितेको यो स्थान भारतसँग सिमाना जोडिएको त्रिवेणी धाम हो । ०७४ सालको निर्वाचनमा यो जिल्लामा राप्रपाले एउटा सदस्य पनि जितेको थिएन ।

प्रकाशित : जेष्ठ १, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?