कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेखको नौमुले गाउँपालिकामा माओवादीका सुवेदी विजयी

काठमाडौँ — दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनले ३२ सय मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

दैलेखको नौमुले गाउँपालिकामा माओवादीका सुवेदी विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५ सय ४४ मत प्राप्त गरे । एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याए ।

यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८ सय ३४ मत प्राप्त गरे । नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?