कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा वालेन्द्रको अग्रता

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले १२२८ मत प्राप्त गरेका छन् ।

काठमाडौंमा वालेन्द्रको अग्रता

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ८७१ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् भने गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन् ।

यसैगरी एमालेबाट उपप्रमुखकी प्रत्याशी सुनिता डंगोलले ६०२ मतका साथ अग्रता बनाएकी छन् भने गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले १२६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?