इनरुवामा कांग्रेसका भण्डारीको अग्रता- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इनरुवामा कांग्रेसका भण्डारीको अग्रता

कान्तिपुर संवाददाता

इटहरी — इनरुवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केदार भण्डारीले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको ताजा परिणामअनुसार उनले ४०० मत पाएका छन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेलले २९५ मत पाएका छन् भने जनता समाजवादी पार्टी (जसपा)का दीलिपचन साहुले १४७ मत पाएका छन् ।

*यसअघि प्रकाशित समाचारमा इनरुवा हुनुपर्नेमा अन्यथा भएको र मत परिणामसमेत फरक पर्न गएकाले सच्याइएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरमा नेमकिपाको विरासत जोगिने पक्का

कान्तिपुर संवाददाता

भक्तपुर — जिल्लाको चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकालाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को बलियो जग मानिन्छ । २०३९ सालपछि अन्य पार्टीले चियाउनसमेत नपाएको भक्तपुर नगरमा ‘स्थानीय तह निर्वाचन २०७९’ मा पनि नेमकिपाको विरासत जोगिने पक्का भएको छ । 

भक्तपुर नगरको कार्यालय ब्यासीमा शनिबार बिहानबाट मतगणना जारी छ । शनिबार साँझ अबेरसम्म पनि नगरको १, २ र ३ वडाको पूर्ण मतपरिणाम प्राप्त भइसकेको छैन तर, मतगणना जारी अवधिमै नेमकिपाको जित सुनिश्चित देखिन्छ ।

नेमकिपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार एवं निर्वतमान नगरप्रमुख सुनिल प्रजापतिले ३ हजार ९ सय ५१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ४ सय ३३ मत मात्र प्राप्त गरेका छन् भने, एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रवीन्द्र लाछिमस्यूले ३ सय ७१ मत प्राप्त गरेका छन् ।

नेमकिपाको तर्फबाट उपप्रमुखका उम्मेदवार एवं निवर्तमान नगरउपप्रमुख रजनी जोशीले शनिबार साँझसम्म ३ हजार ९ सय ९१ मत प्राप्त गरेकी छिन् भने, निकटतम प्रतिद्वन्द्वी एमालेको तर्फबाट उम्मेदवार रञ्जना खर्बुजाले ३ सय ९८ मत प्राप्त गरेकी छिन् । गठबन्धनका तर्फबाट (नेकपा एकीकृत समाजवादी) उपप्रमुखका उम्मेदवार ओमचरण अमात्यले १ सय ९७ मत मात्र प्राप्त गरेका छन् ।

भक्तपुर नगरमा नेमकिपाको तर्फबाट वडाध्यक्षका उम्मेदवार श्यामकृष्ण खत्रीविरुद्ध एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतले गठबन्धन गर्दासमेत नेमकिपाको जित सुनिश्चित भएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले बताए । ‘एमसीसीको विरोधमा खरो रूपमा उत्रिएको नेमकिपालाई जतमत प्राप्त भईरहेको छ,’ उनले भने,‘राम्रो काम गरेको खण्डमा जनताले विश्वास गर्छन् भन्ने उदाहरण भक्तपुरको मतले देखाउँछ ।’

स्थानीय तह निर्वाचन २०७४ मा नगरप्रमुख सुनिल प्रजापतिले एक छाप (प्यानल) नै जितेको थियो । २०७४ को निर्वाचनमा प्रजापतिले २५ हजार ७ सय ३० मत प्राप्त गरी विजयी भएका थिए । प्रजापतिका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ६ हजार ५ सय ६० मत र एमालेका विष्णु सुवालले ४ हजार २ सय १८ मत प्राप्त गरेका थिए ।जिल्लाको अन्य तीन स्थानीय तहमा भने नगरप्रमुखमा कांग्रेसको अग्रता देखिएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×