बर्दिवासमा खुल्यो अवरोध‚ मतगणना सुरु- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिवासमा खुल्यो अवरोध‚ मतगणना सुरु

सुनिता बराल

महोत्तरी — साँढे ५ घण्टादेखि गणना अवरोध भएको बर्दिवासमा पुग मतगणना सुरु भएको छ । बर्दिवास-८ को मत परीणामलाई लिएर भएको विवादपछि ८:४० बजेबाट गणना पुनः सुरु भएको हो । 

नेकपा एमालेले आफ्नो उम्मेदवारले जितेको दाबी गरेको थियो । निर्वाचन कार्यालय बर्दिवासले पुनः मतगणना फारम रुजु सकेर मतगणना सुचारु गरेको छ ।

फारम रुजु गर्ने क्रममा माओवादीबाट जितेका शमशेर सिंह लामाको २ मत कम देखिएको छ । रुजु सक्दा पनि माओवादीकै जित पुष्टि भएको सापकोटाले बाताए ।

एमाले भने मतपरिणाम चित्त नबुझेको भन्दै गणनाबाट बाहिरिएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्

फिदिम-१४ को वडाध्यक्षमा माओवादी केन्द्रका नेम्वाङ विजयी

कान्तिपुर संवाददाता

पाँचथर — फिदिम नगरपालिका १४ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार राजकुमार नेम्वाङ विजयी भएका छन् । एमालेका भिम फागोलाई हराउँदै उनी विजयी भएका हुन् ।

नेम्वाङले ७११ मत प्राप्त गर्दा फागोले ५ सय ३८ मत पाएका थिए । यसै वडाको सदस्य पदमा कांग्रेसका ३ र एमालेका १ सदस्य विजयी भएका छन् ।

यसैगरी जिल्लाको हिलिहाङ गाँउपालिका वडाध्यक्ष पदमा कांग्रेसका सन्तोष लिङदेन,फालेलुङ ६ को वडाध्यक्षमा कांग्रेसकै अमरविर राई र तुम्वेवा १ को वडाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर कार्की विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×