कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका २ र ३ मा कांग्रेसको प्यानल नै विजयी

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका २ र ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएको छ ।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका २ र ३ मा कांग्रेसको प्यानल नै विजयी

२ नम्बर वडामा रामबहादुर लिम्बू ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अम्बिका लिम्बूले २ सय २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, ३ नम्बर वडामा नेपाली कांग्रेसका विनयकुमार लिम्बू ३ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मनबहादुर लिम्बुले २ सय १७ मत प्राप्त गरेका छन् । बाँकी सदस्य पदमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?