कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भद्रपुर १ मा एमालेको प्यानल नै विजयी

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको भद्रपुर-१ मा वडा अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन् ।

भद्रपुर १ मा एमालेको प्यानल नै विजयी

वडाध्यक्षमा रामप्रसाद अधिकारी विजयी बने । उनले ९ सय ३७ मत ल्याएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद शिवाकोटीले ५ सय ७७ मत पाए । उनी माओवादीका उम्मेदवार थिए ।

राप्रपाका दलबहादुर लिम्वू ६ सय ५८ मत ल्याए ।

वडासदस्यमा टिकाप्रसाद भण्डारी र दिलबहादुर लिम्बू, महिला सदस्यमा सीताकुमारी गुरुङ र दलित महिला सदस्यमा अम्बिका विश्वकर्मा विजयी भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?