ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि, उपमेयरमा एमालेको अग्रता

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् । जारी मतगणनामा करिब ४ सय मत गणना हुँदा महर्जनले २०५ मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९८ मत पाएका छन् ।

महर्जन र ब्यञ्जनकारको मतान्तर १०७ छ । उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्यले अग्रता लिएकी छिन् । उनले १४४ मत पाएकी छिन् भने नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ४० मत पाएका छन् ।

ललितपुरमा कांग्रेस–माओवादी केन्द्रबीच चुनावी तालमेल हो ।


प्रकाशित : वैशाख ३१, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिणकालीमा आचार्य र बस्नेतबीच कडा टक्कर

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्य र नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतबीच कडा टक्कर देखिएको छ ।

जारी मतगणनामा आचार्यले ३ मतले लिड गरेका छन् । उनले ९१३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले ९१० मत पाएका छन् । त्यस्तै, राप्रपाका ज्ञानभक्त अमात्यले ८२ र जसपाका चण्डेराज तामाङ्गले १३ मत पाएका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×