कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोरम्बा शैलुङ गाउँपालिकामा एमालेको अग्रता

रामेछाप — रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार टंक चौलागाईले ५८ मतसहित अग्रता लिएका हुन् । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मैनकुमार मोक्तानले ३१ मत पाएका छन् । 

दोरम्बा शैलुङ गाउँपालिकामा एमालेको अग्रता

उक्त पालिकाको उपाध्यक्ष पदमा समेत एमालेकी मुना कँडेल थापाले अग्रता लिएकी छिन् । उनले ५५ मत पाएकी छिन भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी खमला थापामगरले ३१ मत पाएकी छिन् । दोरम्बा शैलुङको वडा नम्बर १ डडुवाबाट मतगणना सुरु गरीएको निर्वाचन अधिकृत प्रेमराज पौडेलले जनाएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?