कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शारदा नगरपालिका १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

विप्लव महर्जन

सल्यान — सल्यानको शारदा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका प्रदिपकुमार पाण्डे विजयी भएका छन् । साथै सो वडामा उनको पुरै प्यानल विजयी भएको छ । नेकपा माओवादी र समाजवादीको गठबन्धनका उम्मेदवार तथा एमालेका उमेदवारलाई पछि पार्दै अध्यक्ष पदमा पाण्डेसहित पुरै प्यानल विजयी भएको हो । 

शारदा नगरपालिका १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

मुख्य निर्वाचन कार्यालय सल्यानका अनुसार वडा सदस्यमा बालकृष्ण भण्डारी, आनन्द कुमार श्रेष्ठ, महिला सदस्यमा रत्नाकुमारी थापा र दलित सदस्यमा पार्वती बिक विजयी भएका छन् । पाण्डेले ६ सय ८३ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी माओवादी र समाजवादी गठबन्धनका नवराज बुढाथोकीले ५ सय १९ मत ल्याए । यस्तै एमालेका उम्मेदवार बिरेन्द्रकुमार श्रेष्ठले २ सय ८९ मत ल्याएका थिए । पाण्डेले बुढाथोकीलाई १ सय ४ र श्रेष्ठलाई ३ सय ९४ मतले पछि पारे ।

०७४ को स्थानीय निर्वाचनमा उनै पाण्डे र बुढाथोकीबीच प्रतिस्पर्धा भएको थियो । थोरै मतको अन्तरमा पाण्डे पराजित भएका थिए । शारदा नगरपालिकामा भएको मतगणना अनुसार अहिले कांग्रेसको वर्चश्व रहेको छ । कांग्रेसका प्रमुख पदका उमेदवार प्रकाश भण्डारीले ७ सय १७ मत ल्याएका छन् भने उपप्रमुख पदकी उम्मेदवार सुस्मिता सापकोटा सुनारले ५ सय ४१ मत ल्याएकी छिन् । १५ वडा रहेको शारदा नगरपालिकामा अहिलेसम्म वडा नम्बर १ को मतगनणा सम्पन्न भएको र २ नम्बर वडामा सुरु भएको छ ।


प्रकाशित : वैशाख ३१, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?