गुलरिया–१ मा कांग्रेसको प्यानल विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुलरिया–१ मा कांग्रेसको प्यानल विजयी

कमल पन्थी

बर्दिया — सदरमुकाम गुलरिया नगरपालिका–१ मा कांग्रेसको वडाध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार जोगिराम थारुसहित पूरै प्यानल विजयी भएको हो । 

निर्वाचन कार्यालयका अनुसार थारुले १ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका राम सुमरिन यादवले १ हजार ४ मत प्राप्त गरेका हुन ।

तेस्रो स्थानमा माओवादी केन्द्रका योगेश राजीले २ सय ४८ मत पाएका छन् । जिल्लाको आठ पालिकाको नतिजा अहिले सम्म प्राप्त भएको छैन ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियाका ८ पालिकामा मतगणना सुरु

कमल पन्थी

बर्दिया — बर्दियाका ८ पालिकामा मतगणना सुरु भएको छ । गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा, बासगडी बार बर्दिया नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा मतगणना सुरु निर्वाचन कार्यालयले जनाएको छ ।

शुक्रबार मुलुकका ७५३ वटा पालिकामा निर्वाचन भएको हो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०३:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×